Information is intelligence
HomeNewsकोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो,आज नौ हजार २७१ जनामा कोरोना संक्रमण

कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो,आज नौ हजार २७१ जनामा कोरोना संक्रमण

- Advertisement -spot_img

काठमाडौं । नेपालमा थप नौ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ४११ स्वाब नमुना परीक्षण गरिएकोमा नौ हजार २७१ को नतिजा पोजिटिभ आएको हो । १७ हजार ६२३ नमुनाको पीसीआर र ७८८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । योसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख तीन हजार ७९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर चार हजार सातजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या तीन लाख ६ हजार ७९४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु