Information is intelligence
HomeInternationalभारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

- Advertisement -spot_img

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै भारतभर कूल सक्रिय संक्रमितको संख्या ३७ लाख १५ हजार २२१ पुगेको छ।

महिनौंपछि संक्रमितभन्दा संक्रमण मुक्त भएकाको संख्या आज उच्च देखिएको छ। मंगलबार बिहानसम्म ३ लाख ५६ हजार ८२ जना संक्रमण मुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमणको संख्या घटरे संक्रमण मुक्त हुनेको संख्या बढ्दै गर्दा मृतकको संख्या भने स्थिर रहेको छ। एकैदिन ३ हजार ८७६ जनाको संक्रमणका कारण मृत्यु भएको छ।

भारतमा हालसम्म २ करोड २९ लाख ९२ हजार ५१७ जनामा संक्रमण पुष्टि हुँदा २ लाख ४९ हजार ९९२ जनाको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय