Information is intelligence
HomeNewsपूर्वराजा ज्ञानेन्द्र शाह काेराेना सङ्क्रमणमुक्त

पूर्वराजा ज्ञानेन्द्र शाह काेराेना सङ्क्रमणमुक्त

- Advertisement -spot_img

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । दुई जनाको पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ ।

सङ्क्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि पूर्वरानी कोमल शाहलाई केही दिनदेखि आईसीयूबाट शय्यामा सारेर उपचार भइरहेको छ ।

भारतमा कुम्भमेलामा सहभागी भएर फर्किएलगत्तै पूर्वराजा दम्पतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो।

यस्तै पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल भने निको भएर घर फिर्ता भएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु