Information is intelligence
HomeSportsआज ललितपुर र बुटवल भिड्दै

आज ललितपुर र बुटवल भिड्दै

- Advertisement -spot_img

काठमाडौँ – नेपाल सुपर लिग फुटबलमा बुधबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदै छ।

दशरथ रंगशालामा नेपाली समयअनुसार साँझ साढे ५ बजे सुरु हुने यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ।

विजयी हुने खेलाडीले फाइनल प्रवेशका लागि काठमाडौँ रेजर्सविरुद्ध खेल्ने छ। यसअघि पहिलो क्वालिफायरमा मंगलबार काठमाडौँलाई २-१ गोलले हराउँदै धनगढी एफसी प्रतियोगिताको फाइनल पुगिसकेको छ।

प्रतियोगिताको लिग चरणमा ललितपुर तेस्रो र बुटवल चौथो भएको थियो। सुरुका चार खेलमा तीन बराबरी र एक हारको नतिजा निकालेको ललितपुर अन्तिम दुई खेलमा लगातार जित हात पार्दै प्ले अफ पुगेको हो।

बुटवलले भने अन्तिम खेलमा धनगढीलाई हराउँदै प्ले अफमा ठाउँ बनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय