Information is intelligence
HomeEconomyसिडिइबि हाइड्राेकाे आइपिओ बाँडफाँटमा ढिलाइ , कहिले हुन्छ बाँडफाँट ?

सिडिइबि हाइड्राेकाे आइपिओ बाँडफाँटमा ढिलाइ , कहिले हुन्छ बाँडफाँट ?

- Advertisement -spot_img

सीइडीबी हाइड्रोपावरको आइपीओ कोरोना संक्रमणका कारण भेरीफाई गर्ने कर्मचारी आवतजावतमा समस्या भएकोले बाँडफाँटमा ढिलाइ भएकाे छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार अर्को हप्ताभित्र मात्र आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

अझै धेरै काम बाँकी रहेकोले कुन दिन बाँडफाँट गर्ने अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ ।

१५ लाख भन्दा धेरै आइपीओ पाउनबाट बञ्चित

सीइडीबी हाइड्रोपावरको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ६३ करोड ४५ लाख ५० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १७ लाख ३६ हजार ७०० जनाले २ करोड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ११.२५ गुणा बढी हो ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको २३ लाख ४१ हजार ९५४ कित्तालाई आधार मान्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख २ हजार ५०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु