Information is intelligence
HomeEntertainment & Artsअब खल्तीबाट शुल्क तिरेर ‘राधे’ हेर्न सकिने

अब खल्तीबाट शुल्क तिरेर ‘राधे’ हेर्न सकिने

- Advertisement -spot_img

सलमान खानको आउदै गरेको नयाँ चलचित्र ‘राधे’ नेपाली पेमेन्ट गेटवेबाट शुल्क तिरेर हेर्न मिल्ने भएको छ ।

डिजिटल पेमेन्ट गेट वे खल्तीबाट शुल्क तिरेर ‘राधे’ हेर्न सकिने भएको हो।

खल्तीले ‘राधे’ फिल्मका वितरक ए. एट फिल्मिस् प्रा. लि. का निरज पौडेलसँग फिल्मको ‘पे पर भ्यूज’को आधारमा चलचित्र हेर्नको लागि आधिकारिक पेमेन्ट पार्टनरका रूपमा सेवा दिने सम्झौता गरेको छ।

प्रयोगकर्ताहरूले खल्तीबाट शुल्क भुक्तानी गरेर नेट टिभीलगायतका अनलाइन प्लेटफर्ममा ‘राधे’ फिल्म हेर्न पाउने छन्। फिल्म हेर्नका लागि प्रयोगकर्ताहरूले खल्तीबाट भौचर खरीद गर्न सक्दछन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु