Information is intelligence
HomeSportsचेल्सी आर्सनलसँग पराजित

चेल्सी आर्सनलसँग पराजित

- Advertisement -spot_img

इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राति खेलिएको खेलमा आर्सनलले चेल्सीलाई १-० गोलले पराजित गरेको छ। चेल्सीको घरेलु मैदान ‘स्टामफोर्ड ब्रिज’मा भएको ‘लन्डन डर्बी’मा आर्सनल विजयी भएको हो।

पहिलो हाफको १६ औं मिनेटमा आर्सनलले अग्रता लिएको थियो। युवा खेलाडी एमिल स्मिथ रोवेले कप्तान पिएरे एमृक औबामियाङको पासमा गोल गर्दा पाहुना टोलीले अग्रता लिएको थियो।

खेलमा त्यसपछि कुनै गोल हुन नसक्दा जित आर्सनलको पक्षमा गएको हो। पछिल्लो समयमा निकै बलियो देखिएको चेल्सीको घरेलु लिगमा यो अप्रिल ३ पछिको पहिलो हार हो।

‘टप ४’ को रेस निकै रोमाञ्चक भइरहेको हुँदा यस हारले चेल्सीलाई धक्का परेको छ। ३६ खेलमा ६४ अंकका साथ चेल्सी चौथौं स्थानमा रहेको छ। त्यस्तै ३६ खेलमा ५५ अंकसहित आर्सनल आठौं स्थानमा उक्लिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु