Information is intelligence
HomeSportsबार्सिलाेना, रियल र युभेन्ट्समाथि युईएफएकाे अनुसन्धान सुरु, दुई वर्ष प्रतिबन्धकाे खतरा

बार्सिलाेना, रियल र युभेन्ट्समाथि युईएफएकाे अनुसन्धान सुरु, दुई वर्ष प्रतिबन्धकाे खतरा

- Advertisement -spot_img

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफए विवादित युरोपेली सुपर लिग (ईएसएल)काे संस्थापक तीन क्लबमाथि अनुसन्धान थालेकाे छ।

युरोपका १२ ठूला क्लबले गत महिना युरोपियन सुपर लिग नामक लिगको घोषणा गरेका थिए। तर विश्वव्यापीरूपमा यसको आलोचना भएपछि ९ क्लबले आफ्ना नाम फिर्ता लिएका थिए।

नाम फिर्ता लिने क्लबहरुमा ‘इग्लिंश प्रिमियर लिग’बाट म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, चेल्सी, लिभरपुल, आर्सनल र टोटनह्याम रहेका छन्। त्यस्तै स्पेनिश ‘ला-लिगा’बाट एथ्लेटिको मड्रिड र इटालियन ‘सिरी-ए’बाट इन्टर मिलान र एसी मिलानले आफ्ना नाम फिर्ता लिइसकेका छन्।

७२ घण्टाको अन्तरालमा बनेर नासिएको सुपर लिगको पक्षमा अझै पनि रियल, बार्सा र युभेन्टस भने साथ उभिएका छन्।

युईएफए संस्थापक १२ क्लबमध्ये तीन क्लब अर्थात बार्सिलाेना, रियल मड्रिड र युभेन्ट्समाथि अनुसन्धान थालेकाे हाे। युईएफएले बुधबार एक विज्ञप्ति निकाल्दै यी तीन क्लबमाथि अनुसन्धान गर्न छानविन समिति गठन गरेकाे जनाकारी दिएकाे छ।

सुपर लिग अप्रिल १८ मा घोषण गरिएकाे थियाे। तर, साेही दिनदेखि याे विवादमा पर्न थाल्याे। फुटबलको विश्व प्रशासकीय निकाय फिफाले प्रतिस्पर्धालाई मान्यता नदिने र युईएफएले भाग लिने खेलाडी र क्लबमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएकाे थियाे।

यसका साथै कयाैं समर्थकहरुले फुटबलमा एकाधिकार कायम गर्न खाेजेकाे भन्दै विराेध जनाएपछि संस्थापकमध्ये ६ इंग्लिससहित इटालिका २ र स्पेनका एक क्लबले सहभागी नाम फिर्ता लिएका थिए।

युईएफएले शुक्रबार टोटेनहम, आर्सनल, सिटी,  युनाइटेड, चेल्सी, लिभरपुल, एट्लेटिको मड्रिड, मिलान र एसी मिलानलाई आर्थिक जरिवाना तिराएकाे थियाे।

यी सबै क्लबले १/१ कराेड यूराे जरीवाना स्वीकार गरिसकेका छन्। यद्यपि, बाँकी क्लबले युईएफएकाे याे कदमकाे विराेध गर्दै आएकाे छ। आदेशमा क्लब, खेलाडीहरू वा यसमा संलग्न अधिकारीहरूविरुद्ध कुनै कदम चाल्न राेक लगाइएकाे छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु