Information is intelligence
HomeNewsमाधव नेपाल सहित ४ नेताको कारवाही फुकुवा, आकस्मिक निर्णय गर्नेपरे ओलीलाई अधिकार

माधव नेपाल सहित ४ नेताको कारवाही फुकुवा, आकस्मिक निर्णय गर्नेपरे ओलीलाई अधिकार

- Advertisement -spot_img

काठमाडौं : पुन: सत्तामा फर्किने रणनीतिका साथ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका चार नेतामाथिको कारवाही फुकुवा गराएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो।

‘नेकपा (एमाले) स्थायी कमिटीको बैठकबाट उनीहरुको निलम्बन फुकुवा गरिएको छ,’ बैठकको निर्णयबारे जानकारी दिँदै सुवास नेम्बाङले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा घर्किँदै जाँदा एमाले अध्यक्ष ओलीले रणनीतिक रुपमा चार नेतामाथिको कारबाही फुकुवा गरेका हुन् । नेपाल पक्षका सांसदहरुले राजीनामा दिने रणनीति अख्तियार गरेसँगै ओलीले उनीहरुको कारबाही रोकेर आफ्नो पक्षलाई बलियो बनाउन खोजेका हुन् ।

यसबाहेक पार्टीले लिने आकस्मिक निर्णयको अधिकार पनि केपी शर्मा ओलीलाई दिने निर्णय आजको बैठकले गरेको नेता नेम्वाङले जानकारी दिए।

नेकपा एमाले पार्टी सचिव शेरबहादुर तामाङले बैठकको निर्णयलाई लिएर फेसबुक पोस्ट गरेका छन् । उनले चार नेतामाथिको निलम्बन फुकुवा गरिएको जनाउँदै ‘यो अवसरलाई उपयोग गर्दै पार्टी एकताको पक्षमा उभिन नेताहरुलाई हार्दिक आग्रह गर्दछु,’ भनेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु