Wednesday, June 16, 2021
HomeLiteratureतिमिले लेख्दै गरेको इतिहास

तिमिले लेख्दै गरेको इतिहास

- Advertisement -
- Advertisement -spot_img

तिमी मलाइ ग्यास च्याम्बरमा परेर
आधा डढेका अनुहारहरुको उद्धरण दिँदै
प्रश्न गर्छौ क्रुरताको भुङ्रोमा होमिएको
मानवताको इतिहास माथि,
नाजिहरुको बन्दुकको नालको शिकार भएर
बगेका रगतको मुल्य माग्छौ,
तिमी मलाइ प्रश्न गर्छौ
“हिटलरको सर्वसत्तावादको बुट मुनि कुल्चिएर
मेरा साठ्ठी लाख दाजुभाइ दिदिबहिनीहरु
मारिँदै गर्दा तँ कहाँ थिइस?”
म सङ्ग उत्तर हुँदैन
मलाइ त्यो इतिहासले लखेट्छ
म आफ्नो अनुहार देखाउन सक्दिन
तिमी मलाई मुख छोप्न भन्छौ
र थमाउँछौ मेरो हातमा अखबार
त्यो अखबार, जहाँ तिमी इतिहासमा लेखाउन
आफ्नो ठाउँ बनाइ रहेको छौ
नाजीहरुले जस्तै
तिमीले पनि कमजोरहरु माथी
आफ्नो अधीपत्यको पगरी गुथी रहेको छौ
नाजिहरुले जस्तै
ग्यास च्याम्बरको साटो बमले
प्यालेस्टिनियनहरुको अनुहार डढाइ रहेछौ
आफ्नो बिनाकारण बगाइएको
रगतको पीडा बिर्सेर
तिमी जस्तै अरुको
आँशु बगाइरहेको छौ
तिम्रो रकेट र मिसाइल मुनि थिचिएर
मर्नेहरुको नाममा अर्को इतिहास रचिँदै छ
तिम्रा छोराछोरीको बोसो पगालेर
नाजिहरुले साबुन बनाएको इतिहास जस्तै
तिम्ले खनेको चिहानमा गाडिएका
ती कलिला बालकहरुको लास माथी
ती कलिला बालिकाहरुको लास माथी
फक्वा आइरिसका फुलहरु फुल्नेछ्न
र राखिने छन् पेज मार्कको रुपमा
मानव इतिहासको किताबमा
जहाँ तिम्लाइ म प्रश्न गरि रहेको हुनेछु
र तिमी सङ्ग मुख छोप्न
कुनै अखबारको पाना हुँदैन।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय