Information is intelligence
HomePoliticsदेउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

- Advertisement -spot_img

नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक आह्वान गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष प्रचण्डले बेलुका ५ बजे स्थायी कमिटिको बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए  ।

पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा सरकार गठनका लागि भइरहेका प्रयासबारे अध्यक्ष प्रचण्डले जानकारी गराउने उनले बताए । उनले भने,‘सरकार गठनका लागि भइरहेका प्रयासका बारेमा स्थायी कमिटि सदस्यहरुलाई जानकारी गराउने र सुझाव लिने उद्धेश्यले स्थायी कमिटिको बैठक बोलाइएको हो ।’

त्यसअघि अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटका क्रममा राष्ट्रपतिले दिएको समयभित्र नयाँ सरकार गठनको दाबी गर्ने सहमति गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु