Information is intelligence
HomeEconomyसातामा ६६ अंकले बढ्याे नेप्से , कुन कुन कम्पनी उचाइमा ?

सातामा ६६ अंकले बढ्याे नेप्से , कुन कुन कम्पनी उचाइमा ?

- Advertisement -spot_img

याे साता नेप्से परिसूचक ६६ अंकले बढेकाे छ ।

साताकाे पहिलाे काराेबार दिन आइतबार नेप्से परिसूचक २६१८.४४ अंकमा पुगेर बन्द भएकाे थियाे भने साताकाे अन्तिम काराेबार दिन बिहिबार नेप्से परिसूचक २६८४.०९ अंकमा पुगेर बन्द भएकाे छ ।

साताभरी केही कम्पनीहरूकाे मूल्य सकारात्मक सर्किट लेबलमा बढिरह्याे भने केही कम्पनीकाे मूल्यमा नकारात्मक सर्किटसमेत लाग्याे ।

साताकाे दाेस्राे दिन काराेबार रकममा केही कमी आएतापनि अन्तिम दिनसम्म आइपुग्दा काराेबार रकमसमेत उत्साहजनक रूपमा बृद्धि भएकाे छ ।

साताभरी समता घरेलु लघुवित्तकाे मूल्यमा सकारात्मक सर्किट लागिरह्याे । साताकाे अन्तिम काराेबार दिन कम्पनीकाे मूल्य १० प्रतिशतले बढेर ११६६ रूपैयाँ प्रतिकित्ता पुगेकाे छ ।

त्यस्तै सातामा महिला लघुवित्तकाे मूल्य भने घटबढ भएकाे छ । साताकाे पहिलाे दिन यसकाे मूल्यमा नकारात्मक सर्किट नै लाग्याे । त्यसपछि भने केही साम्य भएकाे यसकाे मूल्य साताकाे अन्तिम दिन ८५ रूपैयाँले घटेर ४५८५ रूपैयाँ प्रतिकित्ता पुगेकाे छ ।

त्यस्तै बिशाल बजार कम्पनीकाे मूल्य पनि घटबढ भइरह्याे । साताकाे दुइ दिन नकारात्मक सर्किट लागेकाे कम्पनीकाे मूल्य ३ दिन भने सकारात्मक सर्किट लाग्याे । अन्तिम दिन सकारात्मक सर्किट लाग्दै कम्पनीकाे मूल्य ५९२४ रूपैयाँ प्रतिकित्ता पुगेकाे छ ।

त्यस्तै अर्काे कम्पनी नारायणी डेभलपमेन्ट बैंक पनि याे साता उचाइमा नै रह्याे । सातामा २ दिनसम्म लगातार सर्किट लेबलमा बढेकाे यसकाे मूल्य अन्तिम दिन २२ रूपैयाँले बढेर ६४९ रूपैयाँ प्रतिकित्ता पुगेकाे छ ।

याे साता नेपाल पुनर्बिमा कम्पनीकाे मूल्य पनि केही बढेकाे छ । साताभरी लगातार उच्च काराेबार रकम रहेकाे कम्पनीकाे मूल्य साताकाे अन्तिम दिन १५८१ रूपैयाँ प्रतिकित्ता पुगेकाे छ ।

त्यस्तै सँधै चर्चामा रहिरहने कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे मूल्य भने केही घटेकाे छ । साताकाे अन्तिम दिन यसकाे मूल्य ५३१ रूपैयाँ प्रतिकित्ता पुगेकाे छ । काराेबार रकमकाे उच्चस्थानमा नै रहेपनि मूल्य भने यथावतजस्तै रहेकाे छ ।

भर्खरै काराेबार सुरू भएकाे सिंगटी हाइड्राे र रूरू जलविद्युतकाे मूल्य पनि उच्च अंकले बृद्ध भइरहेकाे छ ।रूरू जलविद्युतकाे मूल्य सँधै सर्किट लागिरहेकाे छ । अन्तिम दिन याे कम्पनीकाे मूल्य ८०० रूपैयाँ प्रतिकित्ता पुगेकाे छ ।

त्यस्तै चन्द्रागिरी हिल्स , प्रभु लाइफ इन्स्याेरेन्स र ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्य पनि याे साता यथावत जस्तै रहेकाे छ । मूल्य नबढेपनि उच्च अंकले घटेकाे छैन ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय