Information is intelligence
HomeNewsआज इद : स्वास्थ्य मापदण्ड पालना गरी पर्व मनाउन आग्रह

आज इद : स्वास्थ्य मापदण्ड पालना गरी पर्व मनाउन आग्रह

- Advertisement -spot_img

आज (शुक्रबार) मुस्लिम धर्मावलम्बीको महान् पर्व रमजान, जसलाई इद–उल–फित्र पनि भन्ने गरिन्छ। यो दिनलाई मुस्लिम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

इदका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देशसमेत दिएकी छन् । उनले सन्देशमार्फत आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् । शुभकामना दिँदै राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणको दोस्रो लहरबाट बच्नका लागि भीडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गरी इद मनाउनसमेत आग्रह गरेकी छन् ।

त्यसैगरी, इदकै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना दिएका छन् । ओलीले शुभकामना सन्देशमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने बताएका छन् । सन्देशमार्फत ओलीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपसी सद्भाव र सहिष्णुताका साथ कोरोनाबाट बचेर पर्व मनाउन आग्रह गरेका छन्।

मुस्लिम धर्मावलम्बीले एक महिनाको कठोर उपवासपछि आजको दिन अल्लाहको प्रार्थना गरेर रमजान मनाउँछन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय