Information is intelligence
HomeNewsट्याक्टरले च्यापिएर चालकको मृत्यु

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

- Advertisement -spot_img

मोरङमा खोलाबाट बालुवा ल्याउँदै गरेको ट्याक्टरले च्यापिएर शुक्रबार बिहान चालकको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ स्थित लोहन्द्रा खोलाबाट बालुवा ल्याउँदै गरेको को १ त ४९०२ नम्बरको ट्याक्टरको अगाडिको भागले च्यापिएर चालक दिलकुमार मुडियारीको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार ट्याक्टरको अगाडिको भागको इन्जिन उठेर चालकलाई च्याप्दा घटना भएको हो।

बिहानका राति १२:३० बजेतिर भएको घटनामा परेर मोरङको कटहरी गाउँपालिका–७ घर भएका चालक ३५ वर्षीय मुडियारी गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी राईले दिए ।

उनका अनुसार उकालो कच्ची सडकमा लोड धेरै भएकाले ट्याक्टरले तान्ननसक्दा दुर्घटना भएको पाइएको छ । मृतक चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला नपरेको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु