Information is intelligence
HomeNewsकाठमाडौंबाट हुने सम्पूर्ण ढुवानी सेवा जेठ १० सम्म स्थगित

काठमाडौंबाट हुने सम्पूर्ण ढुवानी सेवा जेठ १० सम्म स्थगित

- Advertisement -spot_img

काठमाडौं – सामान ढुवानी व्यवसायीहरूले काठमाडौं उपत्यकाबाट हुने सम्पूर्ण ढुवानी सेवा जेठ १० गते सम्मका लागि स्थगित गर्ने निर्णय गरेका छन् ।

स्वास्थ्य सुरक्षा र स्थानीय प्रशासनको अवरोधलाई कारण देखाउँदै नेपाल सामान ढुवानी व्यवसायी संघ, काठमाडौं सामान ढुवानी व्यवसायी संघ र संयुक्त सामान ढुवानी व्यवसायीसँगको सयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

संयुक्त ढुवानी व्यवसायी संघका सचिव धर्मराज पोखरेलले भने, ‘गृह मन्त्रालय र सीडीओ कार्यालयको निर्देशनबमोजिम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अत्यावश्यक सामान ढुवानी गरिरहँदा पनि स्थानीयबाट अवरोध भएकाले सेवा नै बन्द गर्नुपर्‍यो ।’

ढुवानी व्यवसायीले परिस्थिति अनुकूल भएमा र अवरोध नभएमा १० गतेपछि भने सेवा जारी राख्ने बताएका छन् ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय