Information is intelligence
HomeSportsयुनाईटेडको मैदानमा लिभरपुलको जित

युनाईटेडको मैदानमा लिभरपुलको जित

- Advertisement -spot_img

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको हो ।

लिभरपुलले युनाइटेडलाई ४–२ ले हरायो । युनाइटेडले घरेलु मैदानमा लिएको सुरुवाती अग्रतालाई लिभरपुलले उल्टाएर जित निकालेको हो । लिभपुललाई जित दिलाउन रोबेर्टाे फिर्मिन्होले दुई गोल गरे । त्यस्तै, डिएगो जोटा र मोहमद सालाहाले समान एक/एक गोल गरे । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र मार्कुस रास्फोर्डले समान एक/एक गोल गरे ।

जितसँगै लिभरपुलले च्याम्पियन्स लिग खेल्ने होड कायम राखेको छ । लिभरपुल ३५ खेलबाट ६० अंक जोडेर पाँचौँ स्थानमा छ । पराजित युनाइटेड ३६ खेलबाट ७० अंकसहित दोस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय