Thursday, June 17, 2021
HomePoliticsओली र नेपालबीच आज पनि भेटवार्ता हुँदै,यी विषयमा छलफल हुने

ओली र नेपालबीच आज पनि भेटवार्ता हुँदै,यी विषयमा छलफल हुने

- Advertisement -
- Advertisement -spot_img

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच शुक्रबार पनि भेटवार्ता हुने भएको छ ।

साँझ ६ बजे सिंहदरबारमा हुने भेटवार्तामा ओली र नेपालले आफू पक्षीय नेताहरुलाई पनि सामेल गराउने जनाइएको छ ।

वार्तामा नेपाल पक्षबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी हुने बताइएको छ । ओलीले पनि आफूनिकटका नेताहरुलाई सामेल गराउनेछन् ।

विहीबार मात्र नेता ओली र नेपालबीच लामो छलफल भएपछि ओलीविरुद्धमा रहेका नेपाल पक्षका नेताहरुले सांसद सदस्य पदबाट राजीनामा नगर्ने निर्णयमा पुगेका थिए ।

नेपाल समूहको सहयोग र जसपाको ठाकुर समूहको तटस्थताकै कारण विपक्षी गठबन्धनले बहुमतीय सरकारका लागि दावी पेश गर्न सकेनन् भने ओली फेरि प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिइसक्नुभएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय