Information is intelligence
HomeNewsसपथ ग्रहणमा के भने प्रधानमन्त्रीले जुन सुनेर राष्ट्रपति भण्डारी मुस्कुराइन् ,...

सपथ ग्रहणमा के भने प्रधानमन्त्रीले जुन सुनेर राष्ट्रपति भण्डारी मुस्कुराइन् , अनौठो दृश्य

- Advertisement -spot_img

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइन् । राष्ट्रप्रमुखद्वारा सरकार प्रमुखलाई गराइएको सपथ ग्रहण समारोह आफैं अनुशासित र सभ्य मानिन्छ ।

सपथ ग्रहण समारोहमा सपथ गराउने र सपथ लिने दुवैले लेखेर वाचन गरेका हुन्छन् । शुक्रबार पनि राष्ट्रपति भण्डारीले पनि सोही किसिमले प्रधानमन्त्री ओलीलाई सपथ खुवाइन् । तर, यसपट अनौठो दृश्य भने देखियो । राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभए शुक्रवार शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन् ।

‘म……. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु………’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण गरेनन् । राष्ट्रपति भण्डारीले  दोहोर्‍याएर ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न सङ्केत गरेपछि ओलीले राष्ट्रपतिलाई नै सिकाउँदै भने, ‘त्यो पर्दैन ।’

प्रधानमन्त्रीको कुरो सुनेर राष्ट्रपति हल्का मुस्कुराइन् । यसलाई प्रधानमन्त्रीको अस्वाभाविक कार्यको रूपमा  टिप्पणी गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु