Information is intelligence
HomeNews२४ घण्टामा ८ हजार ४६७ संक्रमित

२४ घण्टामा ८ हजार ४६७ संक्रमित

- Advertisement -spot_img

२४ घण्टामा देशभर ८ हजार ४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २० हजार ९४८ पीसीआर परीक्षणबाट ८ हजार ४६७ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

यस्तै २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ । क्वारेन्टाइनमा ५१६ जना छन् ।

त्यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई सय तीन जनाको ज्यान गएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार हजार ६ सय ६९ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु