Information is intelligence
HomeSportsनेपाल सुपर लिग: उपाधिका लागि आज धनगढी र काठमाडौँ भिड्दैं

नेपाल सुपर लिग: उपाधिका लागि आज धनगढी र काठमाडौँ भिड्दैं

- Advertisement -spot_img

नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको फाइनल खेल आज(शनिबार) हुँदैछ । देशकै पहिलो फ्रेन्चाइज प्रतियोगिताको पहिलो सिजनको उपाधिका लागि आज धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोली पहिलो च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको यो प्रतियोगितामा विभिन्न शहरलाई प्रतिनिधित्व गर्दै ७ टोलीले सहभागिता जनाएका थिए ।

राउण्ड रोविन लिगको आधारमा भएका २४ खेलपछि धनगढी र काठमाडौं फाईनलमा पुगेका हुन् । लिग चरणमा काठमाडौं सर्वाधिक १३ अंक जोडेर पहिलो हुँदा १० अंक जोडेको धनगढी दोस्रो भएको थियो ।

फाइनलअघि नै यी दुई टोली एकआपसमा दुई पटक खेलिसकेमा छन् । दुव खेलैमा धनगढी विजयी भएको थियो । लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो ।

यस्तै पहिलो क्वालिफायरमा धनगढीले काठमाडौंलाई २–१ ले हराएर फाइनलमा स्थान बनायो ।

काठमाडौंले भने फेरि दोस्रो क्वालिफायर खेल्ने अवसर पायो र ललितपुर सिटीलाई ३–० ले पराजित गर्दै धनगढीसंगको फाईनल भिडन्त पक्का ग¥यो ।

नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङको कप्तानीमा धनगढी खेल्दैछ । यसैगरी काठमाडौको कप्तानी राष्ट्रिय टोलीका अर्का गोलकिपर विकेश कुथुले समालिरहेका छन् ।

लिगको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउने भने उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको विधागततर्फका उत्कृष्टले जनही एक लाख रुपैयाँ पाउनेछन् ।

फोटो स्रोत : धनगढी एफसीको सामाजिक संजालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय