Information is intelligence
HomeNewsअक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्स ओमान गयो

अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्स ओमान गयो

- Advertisement -spot_img

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज अक्सिजन सिलिण्डर लिनका लागि ओमानका लागि उडेको छ।

५६० वटा अक्सिजन सिलिन्डर लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार बिहान ओमान गएको छ । विमानले सिलिन्डर लिएर शनिबार साँझ ६:३० बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।

गैरआवासीय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहकार्यमा सिलिन्डर जुटाइएको हो । ५६० वटा सिलिन्डरलाई मस्कट अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको छ ।

मस्कटबाट विमान साँझ ६ बजे नेपाल आउने र पुनः चीनको राजधानी बेइजिङ सिलिण्डर लिन जाने निगमले जनाएको छ । शनिवार साझ चीनको बेइजिङ गई ४ सय थान अक्सिजन कन्सन्ट्रेटर, ४ सय थान सिलिन्डर र अन्य चिकित्शा सामान ल्याउने तयारी भइरहेको पौडेलको भनाइ छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय