Information is intelligence
HomeCulture & Religionरातो मच्छिन्द्रनाथको रथ तानिँदै

रातो मच्छिन्द्रनाथको रथ तानिँदै

- Advertisement -spot_img

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आज तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनअनुसार अपराह्न तानिँदै छ।

पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पुर्‍याइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए। साङ्‍केतिक रुपमा रथ बिहानको नित्य पूजापछि हल्लाइने र अपराह्न तानिने मत्स्येन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए।

ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर केही पर रथ तानिने पानेजु नरेन्द्र शाक्यले बताए। मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वको वर्ष आजका दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो।

गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु