Thursday, June 24, 2021
HomeSportsइंग्लिश प्रिमियर लिग : टोरेसको ह्याट्रिकमा सिटी विजयी

इंग्लिश प्रिमियर लिग : टोरेसको ह्याट्रिकमा सिटी विजयी

- Advertisement -
- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ४–३ गोलले पराजित गरेको हो ।

उक्त खेलको २५औं मिनेटमा  न्युक्यासलका इमिल क्राफ्तले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३९औं मिनेटमा सिटीका जोओ क्यान्सिलोले गोल गरी टिमलाई बराबरस्मा पुर्याए ।

त्यसपछि खेलको ४२औं मिनेटमा सिटीका फेरान टोरेसले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको अन्तिम थप समयमा न्युक्यासलका जोइलिन्टनले गोल गरी बराबरीमा पुर्याए ।

त्यसपछि विललकले गोल गरे । त्यसपछि ६४औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल गरे । त्यसपछि ६६औं मिनेटमा टोरेसले गोल गरी ह्याट्रिक पुरा गरे । जितसँगै सिटीले ३६ खेलमा ८३ अंक पुगेको छ ।

टोरेस पेप गार्डीओलाको प्रशिक्षणकालमा सिटीबाट सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी हुन् ।

२१ वर्ष ७५ दिनमा उनले ह्याट्रिक गरे । यसअघि ग्राबियल जेससले २१ वर्ष २ सय १८ दिनमा ह्याट्रिक गरेका थिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय