Information is intelligence
HomeNewsरोल्पाका अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण

रोल्पाका अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण

- Advertisement -spot_img

त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । वडा नं २ मा आयोजित कार्यक्रममा उनीहरुलाई रु २५ लाख ४० हजार ४४८ बराबरको राहत सामग्री हस्तान्तरण गरिएको हो ।

अग्निपीडितलाई सामग्रीसहितको सुरक्षित बास बस्नका लागि टेन्ट, कपडा, भाँडाकुँडा, विद्यार्थीका लागि कापीकलमसहितको झोला र नगद प्रदान गरिएको हो ।

रोटरी क्लब अफ महाबौद्ध पाटन, रोटरी इन्टरनेशलन ३२९२ नेपाल–भूटान, रोटरी क्लब अफ दरबारमार्ग काठमाडौँ, रोटरी क्लब अफ काठमाडौँ मेट्रो, रोटरी क्लब अफ ल ब्रान्च वर्ग अमेरिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त आयोजनामा उक्त राहत सङ्कलन गरिएको थियो ।

नगद तथा जिन्सी सामान राहतस्वरुप सङ्कलन गरी अग्निपीडितलाई प्रदान गरिएको अग्निपीडित सहयोग समिति रोल्पा–काठमाडौँका सहसंयोजक ईश्वरी जिएमले जानकारी दिए । सोही अवसरमा गोरखा पब्लिक हस्पिटल दाङले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो ।

गोरखा ग्रुप र रिडी ग्रुपका अध्यक्ष तथा अग्निपीडित सहयोग समिति रोल्पा–काठमाडौँका संयोजक मानबहादुर बुढा, सहयोग समितिका सहसंयोजक तथा राप्ती समाज युकेका सहकोषाध्यक्ष हरि बुढामगरको विशेष पहलमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग सङ्कलन गरिएको थियो ।

आगलागीका कारण सबै समान जलेर नष्ट भएपछि दैनिकी चलाउन मुस्किल भएका बेला पाएको सहयोगले आफूहरुलाई राहत मिलेकोे अग्निपीडित पार्वती सेनले बताए ।

बस्ती नजिकैबाट सल्किएको आगलागीबाट चेत्रे, धानवाङ, कापडाँडा, पिराले, वर्तिवाङ तथा रुन्टीगढी गाउँपालिका–९ गुनामका ३७ घर र ११ गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट ३७ परिवारका १७० जना प्रभावित भएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय