Information is intelligence
HomeSportsएनएसएलमा काठमाडौं च्याम्पियन : किरण उत्कृष्ट गोलकिपर, मेसोके उत्कृष्ट मिडफिल्डर

एनएसएलमा काठमाडौं च्याम्पियन : किरण उत्कृष्ट गोलकिपर, मेसोके उत्कृष्ट मिडफिल्डर

- Advertisement -spot_img

काठमाडौं– प्रथम नेपाल सुपर लिग फ्रेञ्चाइज कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जितेको छ ।

उपाधिको लागि शनिवार भएको होडमा काठमाडौं रेजर्सले धनगढीलाई हराएर नेपाल सुपर लिग फुटबल फ्रेञ्चाइजको च्याम्पियन बनेको हो । उपाधिसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ र ट्रफी हात पारेको छ । दोस्रो स्थानमा चित्त बुझाएको धनगढी एफसीले १५ लाख रुपैयाँबाट पुरस्कृत भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा काठमाडौंले धनगढीमाथि १–० को जित हात पारेको हो ।

काठमाडौंले फाइनलमा जितसँगै लिग चरणमा ०–३ र पहिलो प्ले अफमा १–२ ले धनगढीसँग बेहोरेको हारको बदला समेत पुरा गर्यो ।

काठमाडौंको जितमा विदेशी खेलाडी मेसौके ओलुमोउले गरेको एक मात्र गोल नै उपाधि दिलाउन पर्याप्त भयो । उनले पहिलो हाफको २१ औं मिनेटमा गोल गरेका हुन् ।

प्रतियोगितामा काठमाडौंले १४ औं गोल गरेकोमा मेसौकेको यो आठौं गोल हो । विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठको पासलाई ओलुमोउले उत्कृष्ट फिनिस दिहृदै गोल गरेका हुन् । प्रतियोगिताका सर्वाधिक गोलकर्ता समेत रहेका मेसोके उत्कृष्ट मिडफिल्डर चुनिए।

त्यस्तै, प्रतियोगिताको उत्कर्ष्ट डिफेन्डरमा धनगढीका दिनेश राजबंशी बन्दा धनगढीकै कप्तान किरण चेम्जोङ उत्कृष्ट गोलकिपर बने। त्यस्तै, काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक बने। व्यक्तिगत विधामा उत्कृष्ट बनेका सबैले १/१ लाख प्राप्त गरे भने इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट बनेका विश्वास श्रेष्ठले ५० हजार हात पारे। प्रतियोगिताको फेयर प्ले अवार्ड बुटवल लुम्बिनी एफसीले जित्यो। ललितपुर सिटीका कप्तान अञ्जन विष्ट नेपाल सुपर लिगको उत्कृष्ट फरवार्ड घोषित भएका छन्। यससँगै उनले एक लाख रूपैयाँ पाएका छन्।

वैशाख ११ गतेदेखि प्ररम्भ भएको प्रतियोगिताको लिग चरणमा २१ खेल, दुई प्ले अफ र एक एलिमिनेटर र एक फाइनल गरी कुल २५ खेल खेलाइएको छ ।

प्रतियोगितामा सात टोलिको सहभागिता रहेको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय