Information is intelligence
HomeSportsलेवानडोवस्कीले गरे ४९ वर्षदेखिको कीर्तिमानसँग बराबरी

लेवानडोवस्कीले गरे ४९ वर्षदेखिको कीर्तिमानसँग बराबरी

- Advertisement -spot_img

जर्मन बुन्डेसलिगा फुटबलमा च्याम्पियन बनिसकेको बायर्न म्युनिखका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले एकै सिजन बुन्डेस लिगामा सर्वाधिक गोल गर्ने बायर्नका लेजेण्ड ​खेलाडी गर्ड मुलरको कीर्तिमानसँग बराबरी गरेका छन् ।

लेवान्डोस्कीले जारी सिजनमा ४० गोल गर्दै लेजेण्ड खेलाडी मुलरको कीर्तिमानसँग बराबरी गरेका हुन् । गएराति फ्रेईबर्गसँगको खेलमा गोल गर्दै लेवान्डोस्कीले मुलरको कीर्तिमानसँग बराबरी गरेका हुन् । उनले २८ लिग खेलमा ४० गोल पूरा गरेका हुन् ।

लेवान्डोस्कीले कीर्तिमान बनाएको खेलमा लिगको च्याम्पियन बनिसकेको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बायर्न फ्रेईबर्गसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

फ्रेईबर्गको मैदानमा खेलको २६औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । जसमार्फत लेवान्डोस्कीले जारी सिजनमा ४०औँ गोल पूरा गरेका हुन् ।

यसअघि सन् १९७१–७२ को सिजनमा बायर्न कै गर्ड मुलरले एकै सिजन ४० गोल गर्दै उक्त कीर्तिमान कायम गरेका थिए । लेवान्डोस्कीले मुलरको नाममा रहेको ४९ वर्ष पुरानो रेकर्ड बराबरी गरेका छन् ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय