Information is intelligence
HomeSportsलेस्टर सिटीलाई पहिलो पटक एफए कप फुटबलको उपाधि

लेस्टर सिटीलाई पहिलो पटक एफए कप फुटबलको उपाधि

- Advertisement -spot_img

लेस्टर सिटीले यस वर्षको इंग्लिश ‘एफए’ कपको उपाधि जितेको छ। गए राति भएको खेलमा लेस्टरले चेल्सीमाथि १-० गोलको जित दर्ता गरेको हो।

लन्डनको वेम्बले मैदानमा खेलिएको सो फाइनल खेलमा विजयी भएको लेस्टर सिटीको यो पहिलो एफए कप उपाधि हो। ४ पटक उप विजेता रहेको लेस्टरले यसपाली भने गत वर्षको उपविजेता चेल्सीलाई हराउँदै इतिहास रच्न सफल भयो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लेस्टरलाई जित दिलाउन बेल्जियन खेलाडी योउरी टाइलेमन्सले निर्णायक गोल गरे। उनले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए।

वेम्बली स्टेडियममा २१ हजार दर्शकका बीच फाइनल खेल सम्पन्न भएको थियो। पाँच पटक एफए कपकपको फाइनलमा पुगेको लेस्टरले पाँचौं प्रयासमा उपाधि जितेको हो। उता चेल्सीले भने लगातार दुई एफए कप फाइनलमा पराजय भोगेको छ। गत वर्ष चेल्सी आर्सनलसँग फाइनलमा पराजित भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु