Information is intelligence
HomePoliticsबाबुराम भट्टराइले प्रधानमन्त्री ओलीलाई राति भेटको हो ? यसो भन्छन् भट्टराइ

बाबुराम भट्टराइले प्रधानमन्त्री ओलीलाई राति भेटको हो ? यसो भन्छन् भट्टराइ

- Advertisement -spot_img

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले आफूले केपी ओलीलाई भेटेको भन्ने कुरा चर्चा र आलोचना भइराखेको बेला आफ्नो स्पष्टीकरण दिएका छन्  ।

उनले कोरोना महाविपत्ति उन्मुख देशलाई निकास दिन ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको भनेर स्पष्टीकरण दिएका छन् ।

एमालेका नेता महेश बस्नेतले प्राइम टेलिभिजनको एक कार्यक्रममा बाबुराम भट्टराई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै प्रधानमन्त्री ओलीलाई भेट्न राति १ बजे बालुवाटार गएको बताएका थिए ।

भट्टराइले भनेका छन्,”प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुॅ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं!”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु