Information is intelligence
HomeNewsनुवाकोटमा जेठ १८ गतेसम्म निषेधाज्ञा थप

नुवाकोटमा जेठ १८ गतेसम्म निषेधाज्ञा थप

- Advertisement -spot_img

नुवाकोट,जेठ २ । नुवाकोटमा जेठ १८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्ष निकाल्दै जेठ १८ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञाको अवधिमा अति आवश्यक वाहेकका सबै सेवा बन्द गरिएको छ । निषेधाज्ञाको समयमा खाद्य सामग्री, पेट्रोलियम पदार्थ, पानी र अत्यावस्यक वस्तु बोकेका सवारी, एम्बुलेन्स (बिरामी तथा कुरुवा गरी बढीमा २ जना मात्र), स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक सबै खाले सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ ।

त्यसैगरी औषधि तथा स्वास्थ्य सामग्री (भेटेनरी सहित), खाद्यान्न, तरकारी तथा फलफुल बाहेकका सवैखाले पसल व्यवसाय बन्द गर्न आदेश गरिएको छ ।

अनुमति पाएका पसल तथा व्यवसायहरु विहान १० बजेसम्म स्वास्थ्य सुरक्षा अपनाएर खोल्न पाइने बताइएको छ । विज्ञप्तिमा अन्य नियमहरु यस अघिका यथावत नै रहेको बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु