Information is intelligence
HomeSportsलिग वान: पीएसजीको उपाधि सम्भावना जीवितै

लिग वान: पीएसजीको उपाधि सम्भावना जीवितै

- Advertisement -spot_img

लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित निकालेको छ ।

आईतबार राति पीएसजीले घरेलु मैदानमा रिम्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा नेयमार, केलियन एम्बाप्पे, मार्कुन्होस र मोईस केनले एक एक गोल गरेका थिए ।

जित सहित पीएसजीले लिग वानको उपाधि सम्भावनालाई कायमनै राखेको छ । उपाधिको छिनोफानो अब अन्तिम खेलले लगाउने छ ।

पीएसजी ७९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । एक अंक बढी रहेको लिली शीर्ष स्थानमा छ । पीएसजीसंग पराजित रिम्स ४२ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु