Information is intelligence
HomeSportsरियल मड्रिड र एट्लेटिको मड्रिडको जित, कसले जित्ला ला लिगा ?

रियल मड्रिड र एट्लेटिको मड्रिडको जित, कसले जित्ला ला लिगा ?

- Advertisement -spot_img

साविक विजेता रियल मड्रिड र एट्लेटिको मड्रिडले ला लिगामा जित निकालेको छ ।

आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गरेको हो ।बिल्बाओको मैदानमा रियललाई जित दिलाउन नाचो फेर्नान्डेजले निर्णायक गोल गरे ।

खेलको ६८ औं मिनेटमा नाचोले क्यासिमिरोको पासमा गोल गरेका थिए ।

जितसँगै रियलले ३७ खेलमा ८१ अंक जोडेको छ । यस जितसँगै  दोस्रो स्थानको रियलले उपाधि जित्ने सम्भावना कायम राखेको छ । बिल्बाओ ४६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यता  एट्लेटिको मड्रिडले सानदार पुनरागमन जित निकालेको छ ।

एट्लेटिको मड्रिड रियल भन्दा २ अंकले माथि रहेको छ । उपाधि कसले लान्छ भन्ने अन्तिम खेलमा मात्र थाहा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय