Information is intelligence
HomeEconomyनेशनल माइक्रोफाइनान्सको लिलामी शेयर भर्ने आज अन्तिम दिन

नेशनल माइक्रोफाइनान्सको लिलामी शेयर भर्ने आज अन्तिम दिन

- Advertisement -spot_img

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३१ गतेदेखि लिलामीमा ल्याएको संस्थापक शेयरमा बोलकबोल गर्ने सोमवार (आज)अन्तिम दिन हो  । कम्पनीको ८० हजार कित्ता संस्थापक शेयर जेठ ३ गतेसम्मका लागि लिलामीमा आएको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार ६०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । उक्त शेयर खरीदका लागि आवेदन गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ५ गते अपरान्ह ३ बजे विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कम्पनीको भनाइ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु