Thursday, June 17, 2021
HomeNewsराजदूत नियुक्तिको रन्थमोल

राजदूत नियुक्तिको रन्थमोल

- Advertisement -
- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सरकारले राजदूत नियुक्तिका मापदण्डलाई जहिल्यै लत्याउँदै आएको छ । नियुक्ति सिफारिस भई संसदीय सुनुवाइमा पठाएका नाम देखेर यस क्षेत्रमा क्रियाशील व्यक्तिहरूले सधैँ आश्चर्य प्रकट गर्नुपर्ने स्थिति छ। सबै क्षेत्रमा नियुक्ति गर्दा योग्यता र क्षमतालाई पहिलो सर्त बनाउनुपर्छ ।

त्यसमा पनि कूटनीतिक देशको प्रतिनिधित्व गर्दै क्रियाशील हुनुपर्ने क्षेत्र हो । राजदूत सम्बन्धित देशको सार्वभौमसत्तालाई प्रतिनिधित्व गर्ने व्यक्तित्व हुन् । त्यसैले यस्ता व्यक्ति चयन गर्दा सकेसम्म देशको इज्जत बढाउने र आतिथेय मुलुकले पनि आफूलाई महत्व दिएको ठान्ने हुनुपर्छ । अहिले मात्र होइन, केही वर्षयता सरकारहरूले राजदूत नियुक्तिलाई आफ्ना निकटस्थ व्यक्तिहरूलाई अवसर दिने जस्तो मात्र ठान्न थालेका छन् ।

अहिले कोरोना महामारीकै बेलामा देशले नियुक्ति गरेका व्यक्तिहरूबाट केरकस्तो उपलब्धि हासिल भयो त रु प्रष्ट छ, केही राजदूतले बाहेक यस्तो असजिलो बेलामा आफू बसेको मुलुकलाई परिचालित गर्न सकेका छन् । अधिकांशको काम खाली सेवारसुविधा लिएर विदेशमा बस्ने मात्र भएको छ ।

यस हिसाबले हेर्दा राजदूत नियुक्ति आफ्ना आसेपासे र समर्थक व्यक्तिका निम्ति निर्धारित समयको आमोदप्रमोदको व्यवस्था राज्यले गरिदिएको जस्तो मात्र हुन गएको छ । राजदूत नियुक्त हुने व्यक्तिले लामो समयसम्म यस क्षेत्रमा आफूलाई क्रियाशील राखेको, अनुभवी र सिपले भएिको हुनुपर्छ। तर पछिल्ला वर्षहरूमा गरिएका नियुक्ति पदमा पुगेर आफैँ सिक्दै काम गर्ने किसिमको मात्र छ ।

राजदूत नियुक्त गर्दा कम्तिमा ५० प्रतिशत परराष्ट्र सेवाबाट र बाँकी ५० प्रतिशत यस क्षेत्रमा योगदान गर्न सक्ने क्षमतावान व्यक्तिलाई समावेश गर्ने गरी परराष्ट्र मन्त्रालयले कार्यविधि बनाएको छ। यसपटक नियुक्तिका निम्ति सिफारिस भएका ११ मध्ये २ जना मात्र परराष्ट्र सेवाका व्यक्ति छन्। बाँकी नौ जना प्रधानमन्त्री, मन्त्री र अन्य व्यक्तिका निकटस्थ व्यक्ति परेका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय