Information is intelligence
HomeNewsखैरो हेरोइनसहित तीन जना पक्राउ

खैरो हेरोइनसहित तीन जना पक्राउ

- Advertisement -spot_img

झापाको झापा गाउँपालिकाबाट लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गाँउपालिका-२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बू र ताप्लेजुङ सिरिजङ्गा-१ का १९ बर्षीय प्रताप लिम्बू रहेका छन् ।

पैदल हिँडिरहेका तिनै जनालाई आइतबार राति साढे ८ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट ५३० मिलिग्राम खैरोहेरोइनबरामद गरेकाे हाे। उनीहरुबाट ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजारसमेत फेला परेकाे  प्रहरीले जनाएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु