Information is intelligence
HomeNewsनलकटुवा पेस्तोलसहित एक पक्राउ

नलकटुवा पेस्तोलसहित एक पक्राउ

- Advertisement -spot_img

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले  पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवालका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवाल र प्रहरी चौकी फुलजोरको संयुक्त गस्ती टोलीले शङ्का लागि जाँच गर्दा महतोको साथबाट एकथान मोबाइल, एक थान नकाब, रातिको समयमा प्रहरीले लगाउने जस्तो रङको ज्याकेट एक थान र विआर ३० यु ७७७३ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए । (रा स स)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय