Information is intelligence
HomeNewsप्रसिद्ध बाराही जात्रा प्रभावित हुने

प्रसिद्ध बाराही जात्रा प्रभावित हुने

- Advertisement -spot_img

मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कारोना महामारीका कारण यस वर्ष पनि प्रभावित हुने भएको छ । अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीको कारण रोकिएको थियो ।

नगरमा कोरोना सङ्क्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम  हुने भएकोले यस वर्ष पनि जात्रा रोक्न आग्रह गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । तिथिअनुसार बाराही जात्रा यही जेठ १५ गतेदेखि १७ गतेसम्म पर्दछ ।

सामान्य अवस्थामा बाराही जात्रामा स्थानीय क्षेत्रसहित छिमेकी जिल्लाबाट समेत हजारौँको सङ्ख्यामा भक्तालुहरु सहभागी हुने गर्दछन् । त्यसैगरी स्थानीय नेवार समुदायले नियमित पूजा लैजाने गर्दछन् भने भाकलअनुसार हजारभन्दा बढी व्यक्तिले बलि दिने गर्दछन् । यो जात्रा नगरपालिकाको बज्रबाराही माईको थानमा लाग्ने गर्दछ ।

नगरपालिकाले जात्रा स्थगन गर्न आग्रह गरे पनि जात्राका धामीझाँक्री र पुजारीहरुले भने कुनै पनि हालतमा जात्रा गर्नैपर्ने अडान राखेका छन् । जात्रामा बलि दिन भक्तालुहरुले भाकल गरी पशुपक्षी पालिरहेको चार वर्ष भइसकेकाले पनि जोखिम न्यूनीकरणका उपाय अपनाएर जात्रा गर्नुपर्ने उनीहरुको अडान छ । जात्रामा बाराही माईलाई बलि दिन पालेको राँगा गत वर्ष जात्रा नभएपछि वडा कार्यालय तथा स्थानीय गुठियारहरुबाट दानापानीको व्यवस्था गरी पालिँदै आएको छ ।

धर्म–संस्कृति र परम्पराअनुसार जात्रा सञ्चालन गर्नैपर्ने भए विधि मात्र पुर्याएर व्यवस्थापन गर्ने गरी प्रस्ताव गर्न नगर प्रमुख विष्टले सम्बद्ध समुदायलाई आग्रह गरेका छन् । (रा स स)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु