Information is intelligence
HomeAgricultureभक्तपुरका किसानलाई गहुँ भित्र्याउने चटारो

भक्तपुरका किसानलाई गहुँ भित्र्याउने चटारो

- Advertisement -spot_img

कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा लागु गरिए पनि भक्तपुरका किसानहरु गहुँ भित्र्याउन व्यस्त भएका छन् । धानपछिको मुख्य बाली गहुँ समयमा नभित्र्याए असिना, पानीले नास गर्ने चिन्ता किसानहरुमा छ ।

‘निषेधाज्ञा भए पनि अहिले पानी, असिना पनि आउन सक्ने र पाकेको गहुँबाली नष्ट हुने चिन्ता छ,’ छालिङका कृषक अनिल फोँजूले भने, ‘त्यसैले निषेधाज्ञाका बीच पनि गहुँ काट्न व्यस्त छौं ।’

यस वर्ष भक्तपुरमा ईंटाभट्टा सञ्चालन नहुँदा गहुँ खेती बृद्धि भएको छ । कोरोना भाइरस महामारीका कारण गत वर्ष सिजनको बीचमै ईंटाभट्टा बन्द गरेका उद्योगी व्यवसायीहरुले यस वर्ष पनि संक्रमणको जोखिमलाई ध्यानदिँदैं भट्टा सञ्चालन नगर्ने निर्णय गरेको थिए ।

गहुँ खेती बृद्धि भएसँगै प्रविधि पनि भित्रिएको छ । गहुँ काटेर चुट्नलाई धेरै समस्या हुने र ज्यामी पनि नपाउने समस्याका कारण किसानहरुले थ्रेसर लगाएका छन् । तर, थ्रेसरले गहुँ चुट्दा छ्वाली काम नलाग्ने कृषक फोँजुले बताए । ‘थ्रेसरमा गहुँको बोटैसँग राख्दा छ्वाली धूलो हुने र सो धूलो गाईबस्तुलाई सोत्तर राख्न मात्र काम लाग्छ । अन्य कामको लागि काम नलाग्ने हुँदो रहेछ,’ उनले भने, ‘यद्यपि छिटो छरितो हुने हुँदा किसानहरु थ्रेसरप्रति आकर्षित भएका छन् ।’

चाँगुनारायण नगरपालिका क्षेत्रमा गहुँ खेती व्यापक बृद्धि भएको छ । यस नगरपालिकाको दुवाकोटमा गहुँखेतीमा केही कमी आएपनि छालिङ, बागेश्वरी, विशेषगरी सुडाल र ताथलीमा गहुँ खेती बृद्धि भएको छ ।

भक्तपुरको मध्यपुर थिमि र भक्तपुर नगरपालिका क्षेत्रमा बढ्दो आवादीका कारण खेती योग्य जमिन घट्दै गएको छ । सोही कारण यी दुई नगरमा गहुँबाली नगन्य मात्रामा गरिएको पाइन्छ। सूर्यविनायक नगरपालिकाको दधिकोट, सिरुटार, गुन्डु, सिपाडोल, चित्तपोल र नँखेलक्षेत्रमा गहुँ खेती गरिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु