Information is intelligence
HomeInternationalमिस मेक्सिको एन्ड्रिया मेजाले जितिन् मिस यूनिभर्स-२०२१ को उपाधि

मिस मेक्सिको एन्ड्रिया मेजाले जितिन् मिस यूनिभर्स-२०२१ को उपाधि

- Advertisement -spot_img

मिस मेक्सिको एन्ड्रिया मेजाले जितिन् ‘मिस यूनिभर्स-२०२१’ को उपाधि जितेकी छिन् । २६ वर्षीया मेजाले उपाधि जित्ने क्रममा ब्राजील तथा पेरुकी सुन्दरीलाई निराश बनाएकी हुन् । मिस यूनिभर्सको टप फाइभमा विजेता एन्ड्रियासहित भारत, डोमिनिकन रिपब्लिक, पेरु तथा ब्राजीलका सुन्दरीहरु पुग्न सफल भएका थिए ।

यो प्रतियोगितामा नेपालबाट अंशिका शर्माले भाग लिएकी थिइन् । भारतकी २२ वर्षीया प्रतिस्पर्धी एडलिन क्वाडरोस कास्टलिनो उत्कृष्ट चारमा रहन सफल भइन् । यो प्रतिष्ठित प्रतियोगिता फ्लोरिडाको हलिउडस्थित सेमिनोल हार्ड रक होटल एण्ड क्यासिनोमा आयोजना गरिएको थियो । प्रतियोगितामा विश्वभरीका सुन्दर तथा प्रतिभाशाली महिलाहरुले आ–आफ्नो देशको प्रतिनिधित्व गरेका थिए ।

यो प्रतियोगिताको उत्कृष्ट २१ मा आउन सफल म्यान्मारकी सुन्दरी थुजार विन्ट ल्वीनले सबैको ध्यान आकर्षित गर्न सफल भइन् । उनले आफ्नो भिडियो प्रस्तुतिमा म्यान्मारमा सैनिकले कसरी हरेक दिन आफ्ना देशका नागरिकहरुमाथि गोलि प्रहार गरिरहेका छन् भन्ने यथार्थतालाई चित्रण गरेकी हुन् । प्रतियोगितामा उनले नेशनल कस्ट्यूमको अवार्ड जित्न सफल भइन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु