Information is intelligence
HomeNewsविद्यालय परिसर भित्र शव फेला

विद्यालय परिसर भित्र शव फेला

- Advertisement -spot_img

पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको एक विद्यालय परिसर भित्र एक शव फेला परेको छ ।

सोमबार बिहान गाउँपालिकाको वडा नंबर ३ को जलजलेको ज्ञान ज्योति प्राविको परिसर भित्र शव फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

शव जलजलेका स्थानीय अन्दाजी ३५ वर्षीय दिपक वाईवाको रहेको प्रहरीले जनाएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको र शव पोस्टमर्टमको लागि हेटौंडा ल्याईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु