Information is intelligence
HomeSportsआफूले क्लब छोड्ने निर्णय गरेको समाचार हल्लामात्रै हो : जिनेदिन जिदान

आफूले क्लब छोड्ने निर्णय गरेको समाचार हल्लामात्रै हो : जिनेदिन जिदान

- Advertisement -spot_img

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लब छोड्न लागेको समाचारको खण्डन गरेका छन् । आफूले क्लब छोड्ने निर्णय गरेको समाचार हल्लामात्रै भएको उनको भनाइ छ ।

गत हप्ता जिदानले रियल म्याड्रिड छोड्ने निर्णय गरेको समाचार बाहिर आएको थियो । सिजनको अन्त्यसँगै जिदानले क्लब छोड्ने निर्णय गरेको गोल डटकम लगायतका समाचार माध्यमले बताएका थिए ।

उनले ड्रेसिङ रुममा आफ्ना खेलाडीसँग क्लब छोड्न लागेको भनेर बताएको विभिन्न समाचार माध्यमम उल्लेख गरिएको थियो ।

तर जिदानले उक्त समाचारको खण्डन गरेका छन् । ‘मैले अहिले क्लब छोड्दै छु भनेर खेलाडीलाई कसरी भन्न सक्छु ?’, पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘हामीले उपाधिका लागि सबै कुरा अर्पण गरेका छौं ।’

‘क्लबबाहिरका मानिसले जे पनि भन्न सक्छन् तर मैले उक्त कुरा आफ्ना खेलाडीसँग कहिल्यै भनेको छैन’, जिदानले थपे ।

जिदानको क्लबले आइतबार एटलेटिको बिलबाओलाई हराको छ । तर उक्त जीतपछि पनि रियल म्याड्रिडलाई यस वर्ष उपाधि जित्न कठिन देखिन्छ ।

ला लिगा उपाधिको दाबेदार रियल म्याड्रिडले अब एक खेल खेल्न बाँकी छ र अंक तालिकामा ८१ अंकसहित अर्को प्रमुख दाबेदार एटलेटिको म्याड्रिडभन्दा २ अंकले पछि परेको छ ।

एटलेटिको म्याड्रिडसँग बराबरी गर्नका लागि रियलले भिल्ला रियलसँगको आगामी खेल जित्नु पर्छ भने एटलेटिकोले भ्याल्लाडोलिडसँगको खेल हार्नुपर्छ ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय