Information is intelligence
HomeSportsटोनी क्रुसलाई कोरोना संक्रमण, सिजनको अन्तिम खेल गुमाउने

टोनी क्रुसलाई कोरोना संक्रमण, सिजनको अन्तिम खेल गुमाउने

- Advertisement -spot_img

रियल मड्रिड तथा जर्मनीका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाईरसको संक्रमण भएको छ ।

रियल मड्रिडले क्रुसलाई कोरोना पोजेटिभ देखिएको जनाएको हो । कोरोना संक्रमण देखिएपछि क्रुस शुक्रबारबाटै होम आईसोलेसनमा रहेको छन् ।

अब क्रुसले ला लिगाको यस सिजनको अन्तिम खेल गुमाउने छन् । जर्मनीका मिडफिल्डर क्रुसले आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको खेल गुमाएका थिए ।

यस सिजन क्रुसले रियलका लागि ४२ खेल खेलेका छन् । जसमा ३ गोल गरेका छन् भने १२ गोलका लागि असिस्ट गरेका छन् ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय