Information is intelligence
HomeNewsमोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

- Advertisement -spot_img

मोटरसाइकलको ठक्करबाट मोरङमा सोमबार राति एक जनाको मृत्यु भएको छ। कोसी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–३ मा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५० वर्षीय बालकुमार बस्नेतको मृत्यु भएको हो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार बस्नेतलाई दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलले साँझ ७:४५ बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा राति ९ बजेतिर विराट शिक्षण अस्पतालमा ज्यान गएको एसपी श्रेष्ठले बताए। उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय समराज्य चौधरी पनि घाइते भएका छन् ।

उनको विराटमै उपचार भइरहेको छ। मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी एसपी श्रेष्ठले दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु