Information is intelligence
HomeNewsमालबाहक ट्रकमा एक क्वीन्टल गाँजा : तीन जना समातिए

मालबाहक ट्रकमा एक क्वीन्टल गाँजा : तीन जना समातिए

- Advertisement -spot_img

त्रिभुवन राजपथस्थित नामटारबाट हेटौडा आउँदै गरेको मालबाहक ट्रकमा एक सय किलो गाँजा फेला परेको छ ।

मकवानपुर प्रहरीका अनुसार ना२ख ९८६२ नम्बरको ट्रकबाट एक क्वीन्टल गाँजा बरामद भएको हो । सोमबार बिहान मकवानपुरबाट खटिएको प्रहरीले गाँजासहितको ट्रक र तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका-५ का ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुर भीमफेदी गाउँपालिका-९ का ४१ वर्षीय राजकुमार तामाङ र कैलाश गाउँपालिका-१० का ३६ वर्षीय सुविन रुम्बा छन् ।

ठाडामगर ट्रकका चालक हु न्। तामाङ र रुम्बा गाँजा ओसारपसारमा संलग्न व्यक्ति रहेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय