Information is intelligence
HomeNewsमेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

- Advertisement -spot_img

झापाको मेचीनगर नगरपालिकामा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । मेचीनगर ९ तल्लो मागुरमाडीका ४५ वर्षिय श्याम राइको हात्तीको आक्रमणमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गएराति करिब साढे १२ बजे तिर गाउँमा आएको जंगली हात्ती खेदाउनेक्रममा राईलाई हात्तीले आक्रमण गरी गभ्भिर घाइते बनाएको थियो ।

घाइते राइलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र उपचारकै क्रममा आज बिहान साढे २ बजे चिकित्सकले राईलाई मृत घोषणा गरेको झापाका प्रहरी प्रमुख सानुराम भट्टराईले जानकारी दिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु