Thursday, June 17, 2021
HomeGoldpriceसुनको भाउ ताेलाकाे ९३ हजार चार सय रुपैयाँ पुग्यो

सुनको भाउ ताेलाकाे ९३ हजार चार सय रुपैयाँ पुग्यो

- Advertisement -
- Advertisement -spot_img

सुनकाे भाउ मङ्गलबार (आज) ताेलाकाे ९३ हजार नाघेकाे छ । साेमवार (हिजाे) कायम भएकाे भाउमा ६ सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाकाे ९३ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९२ हजार आठ सय रुपैयाँ थियो ।

२०७७ सालको साउन महिनामा सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख तीन हजार पाँच सय रुपैयाँ पुगेको थियो । सामान्यतया कुनै वस्तुको माग नहुँदा त्यसको भाउ घट्छ । तर नेपालमा अहिले सुनको माग र कारोबार नभए पनि भाउ बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारको असरका कारण नेपाली बजारमा माग र कारोबार नभए पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

विश्वमा सङ्कटका बेला अन्य क्षेत्रमा लगानी सुरक्षित नहुने भएकाले लगानीकर्ताले सुनमा लगानी गर्दछन्, अहिलेसम्मको अभ्यासले यही देखाएको छ । अन्तर्राष्ट्रिय बजारका लगानीकर्ताले सुन किनेर थुपार्दा त्यहाँ माग बढ्ने र यही कारण भाउ बढ्ने गरेको शाक्यले बताए ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी एक हजार तीन सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय