Information is intelligence
HomeNewsलमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रेक्टरकाे भूकम्प, ७ घर भत्किए, ३ घाइते

लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रेक्टरकाे भूकम्प, ७ घर भत्किए, ३ घाइते

- Advertisement -spot_img

लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले  जानकारी दिए । भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।

मजुङ केन्द्रविन्दु भएर गएकाे भूकम्पले ठुलाे क्षति नपुर्याएकाे जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगा थापाले समाधानलाई दिएकाे जानकारी अनुसार अहिलेसम्म ७ घरमा क्षति पुगेकाे छ भने ३ जना घाईते भएका छन् । घाइतेकाे स्थानीय अस्पताल मै उपचार भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय