Information is intelligence
HomeSportsबराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

- Advertisement -spot_img

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र फुलहमले बराबरी खेलेका छन् ।मंगलबार राति भएको खेलमा युनाईटेड र फुलहमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाईटेड अंक बाड्न बाध्य भयो ।ओल्ड ट्राफोर्डमा १५औँ मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।७६औँ मिनेटमा जोइ ब्रायनले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै युनाईटेड ३७ खेलमा ७१ अंकसहित दोस्रो स्थानमा यथावत छ । फुलहम २८ अंकसहित १८औँ स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु