Information is intelligence
HomeSportsझण्डै ६ वर्षपछि करिम बेन्जिमा फ्रान्सको राष्ट्रिय टिममा, राष्ट्रिय टिममा नपर्नुको...

झण्डै ६ वर्षपछि करिम बेन्जिमा फ्रान्सको राष्ट्रिय टिममा, राष्ट्रिय टिममा नपर्नुको यस्तो थियो कारण

- Advertisement -spot_img

झण्डै ६ वर्षपछि करिम बेन्जिमा राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका छन् । रियल मड्रिडका स्ट्राइकर बेन्जिमा युरोपकका लागि फ्रान्सले घोषणा गरेको २६ खेलाडीको टिममा परेका हुन् ।

सन् २०१५ यता बेन्जिमाले राष्ट्रिय टिमबाट खेलेका छैनन् । ३३ वर्षका बेन्जिमाले युरोकप २०१६ र विश्वकप २०१८ मा खेल्न पाएनन् । २०१५ नोभेम्बरमा सेक्स स्क्यान्डलमा फसेपछि उनलाई टिमबाट हटाइएको थियो । गएको जनवरीमा फ्रान्सेली अनुसन्धानकर्ताले बेन्जिमाले सुनुवाईको सामना गर्नु पर्ने बताएका थिए ।

उनीमाथि ३६ वर्षे मिडफिल्डर माथिउ भाल्बुएनासँग सेक्स टेप सार्वजनिक गर्ने धम्की दिँदै पैसा लिन खोजेको आरोप लागेको थियो । तर प्रहरीले आफूमाथि झुट आरोप लगाएको बेन्जिमाले बताउँदै आएका छन् ।

तर युरोकप मार्फत बेन्जामाले फ्रान्सेली टिममा पुनरागमन गरेका छन् । उनले यस सिजन स्पानिस क्लब रियल मड्रिडका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बेन्जामाले पछिल्लो पटक सन् २०१५ अक्टोबरमा फ्रान्सका लागि खेलेका थिए ।

यस सिजन उनले ला लिगामा रियलका लागि २२ गोल गरेका छन् । यस्तै फ्रान्सका लागि अहिलेसम्म ८१ खेल खेलेका उनले २७ गोल गरेका छन् ।

बेन्जामासँगै फ्रेन्च टिममा ८ फरवार्ड छन् । यस्तै ३ गोलकिपर ९ डिफेण्डर र ६ मिडफिल्डर टिममा छन् । २२ वर्षीय डिफेण्डर युल्स कोण्डे पनि टिममा परेका छन् । उनले डेब्यु गर्न बाँकी छ ।

सन् २०१८ मा विश्वकप जित्दाको १४ खेलाडी अहिले फ्रेन्च टिममा रहेका छन् ।

मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् । प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरोकप हुन लागेको छ ।

२६ सदस्यीय फ्रान्सेली टिम

गोलकिपर :  ह्युगो लोरिस, स्टिभ मनडान्डा, माइक माइनान

डिफेण्डर : लुकास डिग्ने, लिओ डुबोइस, लुकास हर्नान्डेज, प्रसनेल किमपेम्बे, युल्स कोन्डे, क्लेमेन्ट लेङगलेट, बेन्जामिन पाभार्ड, राफेल भरान, कोर्ट जुमा

मिडफिल्डर : ए गोलो कान्टे, थोमस लेमार, पाउल पोग्वा, एड्रिएन राबिओट, माउसा सिसोको, कोरेन्टिन टोलिसो

फरवार्ड : विसम बेन येडर, करिम बेन्जामा, किंग्सले कोमन, उसमान डेम्बेले, ओलिभर जिरुड, एन्टोनी ग्रीजमन, किलियन एमबाप्पे, मार्कुस थुराम

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु