Information is intelligence
HomeSportsचेल्सीको च्याम्पियन्स लिग सम्भावना बलियो

चेल्सीको च्याम्पियन्स लिग सम्भावना बलियो

- Advertisement -spot_img

लेष्टर सिटीलाई हराउँदै चेल्सीले इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष चारमा पर्ने संभावना बलियो पारेको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रुडिगर र जर्गीनोले एक एक गोल गरे ।

लेष्टरका केलेची इहिनाचोले एक गोल फर्काए । जितसँगै चेल्सी ३७ खेलबाट ६७ अंक जोड्दै तालिकाको तेस्रा स्थानमा उक्लिएको छ ।

६६ अंक जोडेको लेष्टर सिटी चौथो स्थानमा झरेको छ । एक खेल कम खेलेको लिभरपुलले आज राती बर्नेलेमाथि जित निकालेको खण्डमा लेष्टर सिटी तालिकाको पाचौ स्थानमा झर्नेछ ।

जारी लिगमा अब अन्तिम चरणका खेलहरु मात्रै खेल्न बाँकी रहेकोले लेष्टर सिटीको शिर्ष चारमा रहँदै च्याम्पियन्स लिग खेल्ने संभावना कमजोर बनेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु