Information is intelligence
Homehurricaneभारतमा समुद्री तुफान: पी ३०५ जहाज डुब्यो कम्तीमा ९० जना बेपत्ता

भारतमा समुद्री तुफान: पी ३०५ जहाज डुब्यो कम्तीमा ९० जना बेपत्ता

- Advertisement -spot_img

भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा १२ जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका विवरण आएका छन् ।

अत्यन्त शक्तिशाली भनिएको समुद्री तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा कुदिरहेको बिबिसीले जनाएको छ ।

ताउ–ते चक्रवातका कारण भारतको गुराजत, मुम्बईसहितका क्षेत्रको जनजीवन प्रभावित भएको छ । अरब सागरबाट विकास भई गुरातमा ल्याण्डफल भएको ताउ–ते का कारण भारी वर्षा तथा तीव्र गतिमा हावा चलेको छ ।

चक्रवातका कारण मुम्बईको समुद्री किनार नजिक पी ३०५ जहाज डुब्दा कम्तीमा ९० जना बेपत्ता भएका छन् । सो पानी जहाजमा २७० सवार थिए, अहिलेसम्म १७७ जनाको उद्धार गरिएको भारतीय जल सेनाले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको सेनाले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु